तुलसीपुर, भदौ १७ । नेपालगञ्जबाट सपिङ गरि घोराही फर्किदै गरेका चार महिलाको सिस्ने खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको छ । कार चालक गम्भीर घाइते छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलेका अनुसार खोलाले कार बगाउँदा घोराही उपमहानगरपालिका वडा नं. १३ की ४० बर्षीया रितामाया पुन, सोही ठाउँबस्ने ३२ बर्षीया सुशिला श्रेष्ठ, घोराही १५ की ३३ बर्षीया राधा कुवर,सोही ठाउँकी ४२ बर्षीया बिमला केसीको मृत्यु भएको छ ।
कारका चालक घोराही १३ का ४३ बर्षीय नरबहादुर पुन गम्भीर घाइते भएका छन । उनको दायाँ खुट्टा, ढाड र बायाँ हातमा चोट पटक लागेको एसपी काफ्लेले जानकारी दिए ।
खोलाले बगाएका मध्य दूई जनाको बिहीबार राति साढे १ बजेतिर र थप दूई जनाको बिहीबार बिहान सवा ६ बजेतिर झन्डै ३ किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँबाट शब फेला पारिएको एसपी काफ्लेले जानकारी दिए ।
मृतक मध्य चालकको श्रीमति र साली र वडा सदस्यको छोरी भन्ने खुल्न आएको एसपी काफ्लेले बताए । नेपालगञ्ज सपिङको लागि गएको र आउने क्रममा सिस्ने खोलामा आएको बाढीले कारसहित उनीहरुलाई बगाएको प्रहरीले जानकारी दिएको छ ।
सिस्ने खोलामा पुल निर्माणाधिन अवस्थामा छ । यसैबीच पुल निर्माणमा ढिलाई गर्ने ठेकेदार कम्पनीलाई पक्राउ पूर्जी जारी गरिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।