२०८१ चैत्र १४ गते बिहिवार

कर्णालीमा एमालेका तीन सांसदले राेजे एकीकृत समाजवादी पार्टी

सुर्खेत,भदौ १६ । कर्णाली प्रदेशमा एमालेका तीन सांसदले एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदमबहादुर रोकाया र रुकुम पश्चिमका देवी वलीले एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

आज बुधवार जिल्ला निर्वाचन कार्यालयमा गएर तीनै जनाले सनाखत गरेका छन् ।

कर्णाली प्रदेशमा एमालेका २० जना प्रदेश सभा सदस्यमध्ये नेपाल समूहका चार जना ुफ्लोर क्रसु गर्दा कारबाहीमा परेका थिए ।

प्रकाश ज्वाला, अम्मरबहादुर शाही, कुर्मराज शाही र नन्दसिंह बुढाले माओवादी केन्द्र सरकारलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका कारण कारबाहीमा परेपछि प्रदेश सभा सदस्य पद गुमेको थियो ।

१६ जनामध्ये तीन जनाले एकीकृत समाजवादी रोजेपछि अब कर्णालीमा एमालेका सभामुखसहित १३ प्रदेश सभा सदस्य रहेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *