२०८१ चैत्र ४ गते सोमवार

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

काठमाण्डौ,भदौ १६ । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन ।

नवगठित नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका खनालले आज बिहान पदबाट राजीनामा दिएका हुन ।

उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन ।

मन्त्री खनालले हिजो वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलको ठाउँमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन खनाल पनि मन्त्री बनेका थिए ।

औपचारिक रुपमा नेकपा एमाले टुक्रिएपछि खनालले माधव कुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *