लक्ष्मण बस्नेत,तुलसीपुर,भदौ १६ । तुलसीपुर उपमहानगरपालिका वडा नं ११ को बेलगनार सम्पन्न खुला फुटबल प्रतियोगिता २०७८ उपाधी मोतीपुर युवा क्लबले जितेको छ ।
दगंीशरण युवा क्लब तुलसीपुर ११ को आयोजनामा संचालित प्रतियोगिताको फाईनलमा बालापुर युवा क्लबलाई शुन्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै मोतीपुर युवा क्लबले उपाधी जितेको हो । उपाधीसंगै उसले खसी, मेडल प्रमाणपत्र हात पार्यो ।
फाईनलमा हार ब्यहोरेको बालापुर उप–बिजेतामा सिमित रहदै मेडल प्रमाणपत्र मा चित्त बुझाउन बाध्य भयो ।
उल्लेख दर्शकको शानदार उपस्थितिमा भएको कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको पहिलो हाफ्को १७ औ मिनेट मा मोतिपुरका प्रमोद बुढामगरले पहिलो गोल गरे भने तिलक महराले दोश्रो हाफ्को १५ औ मिनेटमा थप गोल गर्दै दुई शुन्यको जित निकाल्न सफल भए ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक क्लबका अध्यक्ष सुशील चौधरीको अध्यक्षता तथा जसपुर प्रहरी चौकिका ईन्चार्ज देवराज वलिको बिशेष उपस्थिमा भएको थियो ।
सो अबसरमा खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने मोतीपुर युवा क्लबका प्रमोद बुढामगर बेस्ट प्लेयर खेलाडी र दगंीशरण युवा क्लबका बिस्णु केसी बेस्ट किप्पर घोसित भए ।
बिजेता खेलाडीहरुलाई कार्यक्रमका अतिथीहरुको हातबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन रबिन्द्र ताम्राकारले गरेका थिए ।