२०८२ कार्तिक २१ गते शुक्रवार

पाल्पाकी सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजबादी पार्टी रोजिन

दाङ, भदौ १५ । पाल्पाकी प्रदेश सभा सदस्य रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी छन् ।

मगर मंगलबार प्रदेश निर्वाचन कार्यालय दाङ आएर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी हुन ।

निमित्त प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले एक जना प्रदेश माननियले आफु कहाँ आएर नेकपा एकीकृत समाजबादीका लागि सनाखद गरेको जानकारी दिए ।

नेकपा एमाले विभाजन भएपछि लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजबादी पार्टी रोज्ने पहिलो प्रदेश सांसद हुन ।

 

मगरले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या प्रदेश सभामा ३६ मात्रै रहने भएको छ ।
त्यस्तै अब लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संख्या ६ पुगेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *