काठमाडौं, भदौ १५ । बागमती प्रदेशका एक मन्त्रीले नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादी रोजेका छन ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको क्याबिनेटमा रहेका सामाजिक विकास मन्त्री कृष्ण खनालले नेकपा एमाले त्यागेर एकीकृत समाजवादी रोजेका हुन ।
एमाले विभाजन भएसँगै बागमती प्रदेशका मन्त्री खनालले मंगलबार केपी शर्मा ओली नेतृत्वको एमाले त्यागेर हालसालै मान्नेता पाएको माधबकुमार नेपाल नेतृत्वको एकीकृत समाजबादी पार्टी रोजेका हुन ।
निर्वाचन आयोगको बागमती प्रदेशस्थित कार्यालय हेटौंडामा खनालले मंगलबार मात्रै एकीकृत समाजबादी पार्टीको पक्षमा सनाखत गरेका हुन ।
खनालसहित बागमतीका १२ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन ।
जसले गर्दा भदौ २ गते मात्रै मुख्यमन्त्री बनेकी शाक्य अल्पमतमा परेकी छन् ।
बागमती प्रदेश सभा १ सय ९ सदस्यीय छ । जसमा एमालेका मात्रै ५६ सांसद थिए। पार्टी विभाजन पछि १२ जनाले नेकपा एकीकृत समाजबादी रोजेपछि एमालेका अब एमालेका ४४ सांसद मात्रै बचेका छन् ।
जसले गर्दा महिना दिन नपुग्दै शाक्य नेतृत्वको सरकार ढल्ने संभावना देखिएको छ ।