२०८१ असार ८ गते शुक्रवार

सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

दाङ,भदौ १४ । राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.विनोद सिंहमाथि मोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको विरोधमा घोराहीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्। ।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले भदौ ११ गते दिउँसो डा.सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेका थिए ।

चार दिनसम्म मोसो दल्ने व्यक्ति पक्राउ नपरेपछि स्वास्थ्यकर्मीहरु लगातार विरोधका कार्यक्रम गर्दै आइरहेका छन् । सोमबार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले घटनामा संलग्नको खोजीमा डिएसपी मुकुन्द रिजालको नेतृत्वमा प्रहरी परिचालन गरिएको बताए ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मोसो दलेर चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई अभद्र व्‍यवहारसँगै स्वास्थ्यकर्मीको सुरक्षाको लागि सरकारले ल्याएको अध्यादेश अनुसारको मुद्दा दर्ता गरिने बताए ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *