२०८२ कार्तिक २१ गते शुक्रवार

भदौ २० देखि सवारी लाइसेन्सको परीक्षा

काठमाडौँ,भदौ १४ । आगामी भदौ २० गतेदेखि काठमाडौंका दुई वटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुन सुरु गर्ने भएका छन् ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो ।

यातायत व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार भदौ २० गतेपछि क्रमैसँग देशभरका लाइसेन्स कार्यालयले परीक्षा फेरि थाल्नेछन् । अब नयाँ प्रणालीबाट परीक्षा हुनेछन् ।

कोभिड–१९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन समबन्धी मापदण्ड–२०७८’ नै जारी गरेर परीक्षा सुरु गर्न लागिएको उनले बताए ।

महामारीमा कसरी परीक्षा सञ्चालन गर्ने भनेर मापदण्ड बनाएका छौं, महामारी फैलिन नदिने गरी परीक्षाहरु हुन्छन्,’ भुसालले भने ।

परीक्षार्थी स्वयमले अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र आफ्नो पीउने पानीको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ । भिडभाड नगरी भौतिक ९सामाजिक० दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीहरूको शारीरिक तापक्रम मापन गर्नुपर्ने लगायतका व्यवस्था पनि गरिएको छ ।

प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउने, कोभिड–१९ संक्रमण भएका परीक्षार्थीहरुलाई निको भएपछि निजको रिपोर्ट हेरेर प्राथमिकतापूर्वक परीक्षामा सामेल गराउने लगायतका व्यवस्था पनि मापदण्डमा छ ।

मापदण्डअनुसार परीक्षा सुरु हुनु अगावै परीक्षार्थीहरुलाई उनीहरुको ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिनेछ । यसरी तोकिएको समयमा उपस्थित हुन नसक्ने परिक्षार्थीलाई अनुपस्थित भएको मानिने रसोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने नियम बनाइएको छ ।

परिक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई मात्र सहभागी गराउने भनिएको छ । कार्यालयले खुल्ला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नु पर्ने मापदण्डको व्यवस्था छ ।

अब सुरु हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ नियमहरु लागू गर्ने हुनेछन् ।

 

प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *