२०८२ कार्तिक २९ गते शनिवार

पहिरोले होलेरी सडक खण्ड अवरुद्ध


दाङ, भदौ १४ । केही दिन यताको अबिरल बर्षाका कारण दाङ–रोल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले अबिरल बर्षाका कारण दाङ–रोल्पा सडक खण्डको ठाउँ ठाउँमा पहिरो गएका कारण सवारी साधन सञ्चालनमा आउन नसकेको जानकारी दिए ।

शहिद मार्ग बिस्तारका क्रममा रहेको हुँदा ठाउँ÷ठाउँमा पहिरो गएको र त्यसले गर्दा सडक खण्ड अवरुद्ध हुन पुगेको डिएसपी सुबेदीले बताए । सडक खण्डको पहिरो पञ्छाउने क्रम जारी रहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *