दाङ, भदौ १४ । अबिरल बर्षाका कारण आएको बाढीले राप्ती नदीमा खतराको तह पार गरेको छ ।
राप्ती गाउँपालिकास्थित राप्ती नदीको मुहान क्षेत्र बगासोती जलमापन केन्द्रमा सोमबार बिहान मापन गर्दा बाढीले खतराको तह पार गरेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
बढीले खतराको तह पार गरि सकेको हुँदा राप्ती नदी तटिय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।
तुलसीपुर–घोराही सडक खण्डमा पर्ने खोलाहरुमा पनि अबिरल बर्षाका कारण बाढी आएको छ । दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पत्रे खोलामा आएको बाढीका कारण साना सवारी साधन सञ्चालनमा आउन नसकेको एसपी काफ्लेले जानकारी दिए ।
उनले खोला किनारमा सर्वसाधारणको सुरक्षा र उद्धारका लागि प्रहरी खटाइएको बताए । अबिरल बर्षाका कारण जिल्लाका बबई तटिय क्षेत्रमा पनि पानीको बाहाब उच्च बनेको छ ।
