२०८१ असार ९ गते शनिवार

तुलसीपुर ८ मा खुला फुटबल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत,तुलसीपुर,भदौ १३ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ८ को गैरीचौरमा खुला फुटबल प्रतियोगिता २०७८ हुने भएको छ ।

बागेश्वरी टोल बिकास संस्थाको आयोजना तथा दुधेना फुटबल क्लबको संरक्षणमा संचालन हुन लागेको प्रतियोगिता यही भदौ १७ गतेदेखी सुरु हुुनेछ ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १८ बढी टिमको सहभागिता रहने आयोजक बागेश्वरी टोल बिकास संस्थाका अध्यक्ष प्रकाश बिश्वकर्माले जानकारी दिए ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानीय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित मापदण्ड अपनाउदै प्रतियोगिता संचालन गरिनेछ ।

प्रतियोगिताको बिजेता टिमले खसी तथा उप–बिजेता टिमले नगद ७ हजार ५ सय, मेडल,प्रमाणपत्र हात पार्ने छन् भने खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडीलाई पुरस्कृत गरिने खेल संयोजक चुडामणी बस्यालले जानकारी दिए ।

साथै आयोजकले यतिबेला प्रतियोगिताको तयारी लाई तिब्र पारेको छ । उसले टिम दर्ता,प्रचारप्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान निर्माण लगाएतका पक्षमा तिब्रता दिएको छ।

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *