२०८१ असार ३ गते आइतवार

४ करोडको लागतमा सुन्दर खानेपानी आयोजना संचालनमा

तुलसीपुर,भदौ १२ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ पर्सेनी बम्नैमा खानेपानी आयोजना संचालनमा आएको छ ।

सुन्दर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीले उक्त खानेपानी आयोजना सञ्चालनमा ल्याएको हो ।

खानेपानी डिभिजन कार्यालय दाङको आयोजना एबम् संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त करिब ४ करोडको लागतमा खानेपानी आयोजना संचालनमा आएको वडा नम्बर ७ का वडा सदस्य रामबहादुर जिसीले जानकारी दिए ।

उनका अनुसार करिव एक लाख पचास हजार लिटर क्षमताको ट्यांकी निर्माण गरि सञ्चालनमा ल्याइएको हो ।

पर्सेनीसँगै ग्वारखोला,बसन्तपुर टोल, सेन्टर पर्सेनी , कुमालगाउ टोल लगाएत टोल तथा क्षेत्रका करिव १ हजार पाँच सय घरधुरीलाई खानेपानी पु¥याउने लक्ष्य रहेको जानकारी दिए ।

२०७० साल अगाडी देखि खानेपानी आयोजनाको माग गरिरहेका त्यस भेगका नागरिकको सहज रुपले खानेपानी पिउने सपना अब पुरा भएको उनले बताए ।

खानेपानी आयोजना सञ्चालनमा आएसँगै अब त्यहाका नागरिकले खानेपानीकै लागि दुख पाउने दिनको अन्त्य भएको सदस्य जिसीको भनाई छ ।

बाँकी आवश्यक पुर्बाधार निर्माणको काम भइरहेकाले खानेपानी पुर्णरुपमा बितरण गर्न भने अझै केहि समय लाग्ने जानकारी दिए ।

योजना सञ्चालनमा आएपनि हाललाई त्यहाँका १० घरमा खानेपानीका लागि धारामात्र जडान गरिएको छ ।

घर घरमा खानेपानी आयोजना सञ्चालनमा आउन लागेसगै स्थानीयले खुसी व्यक्त गरेका छन् । कुवाको पानी उपभोग गरिरहेका नागरिकले बोरिङबाट सञ्चालन हुने धाराको पानी पिउन पाउने छन ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *