रुपन्देही, भैदा ११ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत रूपन्देहीको घोडाह पुल भासिएको छ। देवदह नगरपालिका वडा नम्बर ७ को घोडाह पुल भासिएपछि उक्त पुल भएर आवात जावात बन्द गरिएको छ ।
अविरल वर्षाका कारण बाढी आएपछि पुल भासिएको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले पुल भासिए पछि सवारी आवागमन बन्द भएको जानकारी दिएको छ ।
राजमार्ग हुँदै सञ्चालन हुने गाडीहरु भैरहवा– परासी हुँदै सञ्चालन भइरहेका छन् । अबिरल बर्षाले पूर्व–पश्चिम राजमार्गस्थित बर्दघाट सडकखण्ड पनि अवरूद्ध भएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार