दाङ,भदौ ११ । सल्यानको दार्मामा एक ब्यक्ति मृत फेला परेका छन् । दार्मा गाउँपालिका ५ का अधेरीखोलाका ४९ बर्षीय बमबहादुर खत्री मृत अवस्थामा फेला परेका हुन । उनी बिहीबार घरबाट फारुला भन्ने ठाउँमा पैंशा ल्याउन जान्छु भनेर निस्किएका थिए ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक अर्जुन पौडेलले खत्री शुक्रबार बिहान सात बजेतिर मृत अवस्थामा फेला परेको जानकारी दिए ।
घटना सुनेर बिदामा बसेका जिल्ला प्रहरी प्रमुख डिएसपी गोबिन्द थापा नेपालगञ्जबाट तालिम प्राप्त कुकुरका साथ दिउँसो मात्रै जिल्ला आइपुगेका छन् ।
प्रहरीले शब र घटनास्थलको सुरक्षा गरेर सबेको प्रबक्ता पौडेलले जानकारी दिए । ‘ हामीले शवपनि अझैं छोएका छैनौं,’ उनले भने ‘ कुकुर आएपछि मात्रै हामी शब छुने छौं।’
दूई महिना पहिला सोही ठाउँकै २८ वर्षीया खिमा खत्री खड्कापनि खोला किनारमा मृत अवस्थामा फेला परेकी थिइन ।
उनको बलात्कार पछि हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान जारी राखेको छ । खड्का पति रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थिए ।