तुलसीपुर, भदौ ११ । अबिरल बर्षा पछि झरेको पहिरोका कारण शुक्रबार बिहानैदेखि अबरुद्ध बनेको तुलसीपुर– कपुरकोट सडक खण्ड पहिरो पंछाएपछि सञ्चालनमा आएको छ ।
तर, घोराही– होलेरी सडक खण्ड भने अझैं सञ्चालनमा आउन सकेको छैन । अबरिल बर्षाका कारण दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सहिद मार्गको बिभिन्न स्थानमा पहिरो झरेका कारण शुक्रबार बिहानैदेखि उक्त सडक खण्ड अवरुद्ध रहेको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुुन्दप्रशाद रिजालले पहिरो पंछाएर सडक खण्ड खुलाउने प्रयास जारी रहेको जानकारी दिए ।
तुलसीपुर–सल्यान सडक खण्डमा झरेको पहिरो बिहानैदेखि अवरुद्ध रहेपनि पहिरो पञ्छाएपछि बिहान करिब साढे ८ बजेपछि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार