२०८२ कार्तिक २९ गते शनिवार

अरुको मलामी गएका देबकोटा आँफै चितामा पुगे

तुलसीपुर, भदौ ११ । बबईमा आएको बाढीले बगाउँमा दाङको दंगिशरणमा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ । दंगिशरण गाउँपालिका वडा नं. १ बाँकीका ५० बर्षीय बामदेब देवकोटाको बबई नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार बिहान १० बजेतिर देबकोटालाई बाँकीस्थित निर्माणाधिन बबई पुल नजिक बाट बगाएको थियो । गाउँलेहरुले पाँच सय मिटर दक्षिणको बैबाङमा देवकोटाको उद्धार गर्दा देबकोटाको मृत्यु भइसकेको थियो ।

गाउँकै एकजना मानिसको मृत्यु पछि देबकोटा अरु गाउँले संगै बबईमा मलामी गएका थिए । काठ दिएर घर फर्किनु भन्दा पहिला उनी बबईमा नुहाउन भनेर पसेपछि बाढीले बगाएको डिएसपी अर्यालले बताए ।

परम्परा अनुसार मलामी गएका मानिसहरु घर फर्किने क्रममा नुहाउनु पर्छ भन्ने प्रचलन रही आएको छ । त्यही विश्वासको साथ नदीमा नुहाउन पसेका देबकोटालाई बाढीले बगाएर मृत्यु भएको हो ।

देवकोटा दंगिशरण १ बाँकीका ९० बर्षीय दिलबहादुर रानाको मृत्यु भएपछि गाउँले संगै मलामी गएका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *