
दाङ, भदौ १० । नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात सिशुको हातमा फरक नाम लेखिएको बारे छानविन गर्न एउटा समिति निर्माण गरिने भएको छ ।
बिहीबार पीडित पक्ष, अस्पताल प्रशासन र प्रहरी प्रशासनको बीचमा भएको छलफलमा अस्पताल भित्रको लापरबाही बारे छानविन गर्न जिल्ला प्रशासनले छानविन समिति गठन गर्ने सहमति भएको हो ।
छानविन समितिको प्रतिबेदनको आधारमा दोषीलाई कारबाही गर्ने सहमति भएको बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
‘क–कस्को लापरबाहीले गर्दा नवजात सिशुको हातमा फरक÷ फरक नाम लेखिएको हो ? त्यो पत्ता लगाएर दोषीलाई कारबाही गर्ने सहमति भएको छ,’ एसपी अधिकारीले भने ।
वार्तामा सहभागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक ईश्वर गिरीले पीडित अभिभावकको चाहाना अनुसार मृतक बालकको पहिचानका लागि डिएनए परीक्षण गर्ने निर्णयपनि भएको जानकारी दिए ।
अभिभावकको माग बमोजिम मृतक बालकको डिएनए परीक्षणका लागि काठमाडौंमा भिसेरा पठाउने निर्णय भएको गिरीले बताए् । डिएनए परीक्षणको रिपोर्ट आउन समय लाग्ने हुँदा अभिभावकले शव बुझेर अन्तिम संस्कार गर्ने सहमति पनि भएको गिरीले जानकारी दिए ।
यो पनि पढ्नुहोस
नर्सको लापरबाहीले भेरी अस्पतालमा तनाब