दाङ, भदौ १० । नर्सको लापरबाहीका कारण नेपालगञ्जस्थित भेरी अस्पतालमा तनाब उत्पन्न भएको छ ।
एक जना नबजात सिशुको दूई हातमा फरक÷ फरक नाम लेखिएको हुँदा अस्पतालमा बच्चा साटिएको हुन सक्ने भन्दै अभिभावले बुधबारदेखि आक्रोस पोख्दै आएका छन् ।
उत्पन्न समस्या समाधान गर्न अहिले पनि पीडित पक्ष, अस्पताल प्रशासन र प्रहरी प्रशासनका बीचमा बार्ता चलिरहेको छ । मृतक बच्चाको डिएनए परीक्षणका लागि काठमाडौं पठाउने सहमति पछि बुधबार मध्य राति पीडित अभिभाबकले शान्त बनेका थिए ।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अुनसार बाँकेको खजुराकी चन्द्रा बिकले भेरी अस्पताल नेपालगञ्जमा बुधबार छोरालाई जन्म दिएकी थिइन । उनको बच्चाको तौल साढे ३८ ग्राम थियो । तर, बिकको छोरा दिउँसो साढे दूई बजेतिर मृत्यु भयो ।
अस्पतालबाट छोराको शव बुझेर बिक परिवारले अन्तेष्टिका लागि भनेर एक खोलाको किनारमा पुगे ।
तर, अन्तिम संस्कारका लागि भनेर शरिरका कपडाहरु खोल्ने क्रममा उनीहरुले छोराको हातमा गंगा चौधरी भन्ने नाम देखे । त्यो नाम ९ट्याग० बच्चा जन्मिना साथ नर्सले लेख्ने गर्छन ।
त्यसपछि उनीहरु अन्तेष्टि नगरी शब बाकेर फेरि भेरी अस्पताल आए । उनीहरुले अस्पताल प्रशासन संग मरेको बच्चा आफ्नो नभएको र बच्चा जान जान अस्पतालले साटेको दाबी गरे । अस्पतालमा असहज स्थिति बनेपछि एसपी अधिकारी आँफै रातिमा अस्पताल पुगे ।
मध्य रातमै पीडित पक्ष, अस्पताल प्रशासन र प्रहरी प्रशासनका बीचमा मृतक बच्चाको डिएनए टेष्ट गराएरै भएपनि उत्पन्न समस्या समाधान गर्ने सहमति भयो । बिहीबार बिहान फेरि छलफल गर्ने समझ्दारी कायम भयो ।
बाँके प्रहरी प्रमुख अधिकारीका अनुसार बर्दिया जिल्लाकी गंगा चौधरीले भदौ ९ गते भन्दा १० दिन पहिले छुट्टै अर्कौै अस्पतालमा छोरालाई जन्म दिएकी थिइन । चौधरीका छोरा गम्भीर बिरामी भएपछि उनीहरुले पनि उपचारका लागि भेरी अस्पताल ल्याएका थिए ।
जस्को एनआइसियूमा राखेर उनको उपचार भइरहेको छ । तर, त्यही क्रममा अस्पतालमा कार्यरत नर्सले ट्याग लगाउँदा लापरबाही गरेको अस्पताल प्रशासनले पनि स्वीकार गरेको छ ।
नबजात सिशुको एउटा हातमा चन्द्रा बिक र अर्कौ हातमा गंगा चौधरी लेख्नु नर्सकै लापरबाही तथा ठूलो गल्ती भएको भन्दै अस्पताल प्रशासनले क्षमा याचना गरिरहेको छ ।
हाल अस्पतालको एनआइसियूमा राखेर उपचाररत अर्का बच्चाको दुबै हातमा ट्याग लगाएको फेला परेको तथा ती बच्चाको दुबै हातमा गंगा चौधरी नै रहेको एसपी अधिकारीले बताए ।
नर्सको लापरबाहीले समस्या उत्पन्न भएपनि अस्पताल प्रशासनको रेकर्ड हेर्दा बिकको छोराको मृत्यु भएको देखिएको र चौधरीको छोराको उपचार जारी रहेको देखिन आएको एसपी अधिकारीले जानकारी दिए ।
तर, बिक परिवारले अस्पतालको लापरबाहीले गर्दा बच्चा साटिएको भन्दै मरेको बच्चा आफ्नो नभएको दाबी गर्दै आएको छ ।
उत्पन्न समस्या समाधान गर्नको लागि मृतक बच्चाको डिएनए परीक्षण गर्न काठमाडौं पठाउने कि के गर्ने भन्ने बारेमा छलफल भइरहेको प्रहरी अधिकारीले बताएका छन् ।