तुलसीपुर,भदौ १० । तुलसीपरमा थोक तथा किराना पसलहरुमा अनुगमन गरिएको छ ।
बिहिवार तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा बजारका थोक तथा किराना पसलहरुमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा अधिकांश थोक तथा किराना पसलहरुमा सामान भण्डारणमा समस्या देखिएको हुदाँ सरसफाइमा विषेश ध्यान दिन आग्रह गरिएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले जानकारी दिइन ।
उनका अनुसार प्याकिङ मिति नभएको सामानहरु बिक्री वितरण नगर्न भनिएको छ । त्यसक्रममा दर्ता र नविकरण नभएको र मूल्य सूची प्रस्ट नभएको भेटिएकाले तत्काल प्रक्रियामा आउन आग्रह गरिएको छ ।
निर्देशिका अनुसार पालना गर्नु पर्ने निर्देशन पालना नगरेको पाइएमा प्रचलित कानून अनुसार कारबाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बिबेक बन्जाराले जानकारी दिए ।
सो अवसरमा अनुगमनमा उपभोक्ता हित संरक्षण शाखा सहित, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,वडा जनप्रतिनिधि,स्थानिय प्रहरी,पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।