काठमाण्डौ,भदौ १० । जनवादी गायक जुठबहादुर खड्की (जेबी टुहुरे) को ७८ वर्षको उमेरमा निधन भएको छ ।
मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहेका उनको उपचारकै क्रममा आज निधन भएको हो।
उनको शव आज दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । यस्तै उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।
उनका पत्नी सत्यदेवी, एक छोरा र चार छोरी रहेका छन् ।
पाँच दशदेखि नेपाली सांस्कृतिक क्षेत्रमा सक्रिय टुहुरेले आमा दिदी बहिनी,रातको अनिँदो,बसाइँ हिँड्नेको ताँतीलेु,छोराहरू हो,जुनीभरि मुटुु लगायतका दर्जनौँ गीत गाएका छन ।
प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार