२०८१ चैत्र ६ गते बुधवार

अबैध सामाग्री आयात नियन्त्रण गर्न माग

दाङ,भदौ ८ । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा अबैध रुपमा भित्रीने सम्पुर्ण सामाग्री नियन्त्रण गर्न माग गदै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र वुझाएको छ ।

संघले भन्सार छलेर ल्याउने सम्पुर्ण सामाग्रीहरु नियन्त्रण गर्न माग गदै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई ज्ञापन पत्र वुझाएको हो ।

भन्सार छलेर सामाग्री ल्याउदा राज्यलाइ नै घाटा हुने भएकाले यस प्रकारको कार्य रोक्न माग गरिएको संघका अध्यक्ष टकसिंह वुढाथोकीले जानकारी दिए ।

साथै अबैध रुपमा आउने सामाग्रीले बैध रुपमा व्यवसाय गर्नेहरुलाइ समस्यामा पार्ने व्यवसायीहरुले बताएका छन् ।

ज्ञापन पत्र वुझदै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अबैध रुपमा आउने सामाग्री नियन्त्रण गर्नका लागि आफुले पहल गर्ने बताए ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारीले भन्सार छलेर आउने अवैध सामाग्री नियन्त्रण गर्नका लागि सम्वन्धी निकायलाइ निर्देशन समेत दिएका थिए ।

नेपाल सरकारको नियम विपरीत कुनै पनि सामाग्री आयात गर्ने नपाइने समेत बताए ।

ज्ञापन पत्र बुझाउन संघका अध्यक्ष टंकसिह वुढाथोकीको नेतृत्वमा वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल सदस्यहरु माधव खनाल, विकास वलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *