२०८१ चैत्र १४ गते बिहिवार

काठमाण्डाै उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्याे

काठमाण्डौ,भदौ ८ । काठमाण्डौ उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटेको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटाउँदै उपत्यकाकाको निषेधाज्ञा भदौ १६ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

काठमाण्डौमा निजी तथा सार्वजनिक गाडीलाई तोकिएको स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत् राखिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *