दाङ,भदौ ८ । लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली (खत्री )विरुद्ध अंश मुद्दा परेको छ ।
सांसद वलीका दुई छोराहरू प्रणय वली (१२ वर्ष) र दिवाकर वली (९ वर्ष) का तर्फबाट साहिँलो बुबा अमरबहादुर वलीले दाङ–देउखुरी जिल्ला अदालतमा अंश मुद्दा दर्ता गरेका हुन ।
दाङ जिल्ला अदालतका स्रेस्तेदार धनसिंह गिरीले दाङको दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले सांसद विमला खत्रीविरुद्ध अंश मुद्दाको निवेदन दर्ता गरेको जानकारी दिए ।
श्रेस्तेदार गिरीका अनुसार यही भदौ ३ गते पेस भएको मुद्दाको दर्ता नम्बर ०७३ ९०७८र००३६२० रहेको छ ।
प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार