२०८२ मङ्सिर १ गते सोमवार

नेपालगञ्ज भेरी अस्पतालमा दूई कोरोना संक्रमितको मृत्यु

दाङ, भदौ ८ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दूई जना संक्रमितको मृत्यु भएको छ । मृतकहरु दुबै महिला हुन ।
उनीहरु कैलाली र बर्दियाका हुन ।

कैलालीको भजनी नगरपालिका ६ की ५२ बर्षीया फूलबसिया डगौंराको सोमबार बेलुका ८ बजे मृत्यु भएको छ । डगौंराको अस्पताल भर्ना भएकै दिन मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।

त्यस्तै बर्दियाको मधुवन नगरपालिका ४ की ७० बर्षीया मधुदेबी सुनारको मंगलबार बिहान साढे १ बजे मृत्यु भएको छ ।
कोरोना संक्रमन पुष्टि भएपछि सुनार भदौ ४ गते अस्पताल भर्ना भएकी थिइन ।

यो संगै हालसम्म बाँके भन्दा बाहिरीबाट उपचार गराउन आएका मध्य ३९५ जनाको र बाँके जिल्लाका मात्रै ३२७ जनाको मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *