२०८२ कार्तिक २९ गते शनिवार

विवादका बीच लुम्बिनीको प्रदेश सभा बैठक बस्दै

बुटवल,भदौ ७ । प्रतिपक्षी दल नेकपा एमालेको लगातार अवरोधपछि स्थगित भएको लुम्बिनी प्रदेश सभा बैठक केहीबेरमा बस्दै छ ।

आफ्ना सांसदलाई कारवाही गरेको पत्र टाँस गरी पद मुक्त नगरेको भन्दै सभामुख पूर्णबहादुर घर्तीप्रति रुष्ठ भएको नेकपा एमाले भने बैठक चल्न नदिने अडान लिएर बसेको छ । यसअघिका दुई वटा बैठक एमालेकै अडानका कारण स्थगित भएका थिए ।

प्रदेशसभाका सदस्य अजय शाही र विमला खत्री वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने एमालेको चेतावनी दिइरहेकव छ । एमालेकै अवरोधका कारण आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना न्यून छ ।

चालु प्रदेश सभाको नऔं अधिवेशनका बैठकहरु चल्न नदिएपछि नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिन पाएका छैनन् ।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *