२०८१ असार १० गते आइतवार

८ केजी मासु सहित राजपुरका हेमराज पक्राउ

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकाका हेमराज गिरी सुकाएको संकास्पद ८ केजी मासु सहित रंगे हात पक्राउ परेका छन् ।

शनिबार एक जना नाबालक बच्चालाई साथमा लिएर नाकाबाट सुकुटी बोकी जंगलको बाटो भएर आउँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङले गिरीलाई रंगे हात राजपुरको माररी खोलाबाट पक्राउ गरेको हो । हाल गिरी र संकास्पद मासुलाई ईलाका प्रहरी कार्यालय गढवामा राखिएको दाङका एसपी सुरेश काफ्लेले बताए ।

यस्तै एसपी काफ्लेका अनुसार हिजो र आज सार्वजनिक विदा भएकोले उक्त संकास्पद मासु वनलाई नबुझाएको र भोलि वन कार्यालय खुलेपछि बुझाएर परिक्षण गरिने बताएका छन् ।

त्यस्तै यता राजपुर गाउँपालिका वडा नम्बर २ निवासी शरद कुमार बुढाथोकीले सो संकास्पद भनिएको मासु १००% जंगली जनावरको सुकुटी भएको बताएका छन् । गिरीलाई राजनीति दबाबबाट बचाउन खोजिएको छ,बुढाथोकीले भने । विगतका वर्षमा पनि गिरीले त्यस गाउँबाट जंगली जनावरको सुकुटी ओसारपसार गरेर अवैधानिक कारोबार गर्ने गरेको भन्दै बुढाथोकीले आरोप लगाएका छन् ।

यस्तै गिरी पटौली नाकामा रहेको बाल बिसौनी प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *