२०८१ असार ३ गते आइतवार

रुकुमकी २८ बर्षीया धर्माकुमारीको यात्राकै क्रममा मृत्यु , नाबालक छोरा काखमै !

दाङ, भदौ ५ । रुकुमपश्चिमको आठबिसकोट नगरपालीका वडा नं.९ बटला (सुन्दरपानी) की २८ बर्षीया धर्माकुमारी बटालाको यात्राको क्रममा बसमै मृत्यु भएको छ ।

बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित रुकुमको राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेकी बटालाको मृत्यु हुँदा एउटै बसमा सवार कसैले पनि थाहाँ पाएनन् । बस रुकुम पश्चिम हुँदै जाजरकोट र सुर्खेत, बर्दिया हुँदै कोहलपुर जाँदै थियो ।

धर्माकुमारी संगै एउटै बसमा यात्रारत रुकुमकै २७ बर्षीय अर्जुन केसीका अनुसार बर्दिया जिल्लाको हरिया लेक आइपुग्दा एकाएक ३२ महिनाका किरण बटला रोएको आवाज केसीले सुने । झन्डै शुक्रबार बिहान साढे २ बजेको हुँदो हो । केसी १ नम्बर सिटमा थिए । धर्माकुमारीका आमा छोरा २ नम्बर सिटमा ।

‘म पछाडि फर्केर मैले हेर्दा बच्चा सिटदेखि तल खसेको देखे,’ केसीले भने ‘ त्यसपछि म लगाएत अरुले धर्माकुमारीलाई उठाउन खोज्यौं, तर उहाँ चालबास गर्नु भएन ।’

धर्माकुमारी बसको सिटमै कहिलै नउठ्ने गरि चीर निन्द्रामा सुति सकेकी थिइन ।

उनको अवस्थाले बसका यात्रारत सबै दुःखी र निराश बने । रातिमा कहाँ लैजाने के गर्ने भन्ने अन्यौंलता सृजना भयो । यात्रु सबैको सल्लाह गरे ।

कोहलपुर तर्फ बस अगाडि बढ्यो । धर्माकुमारीकी गाउँकै अर्की एक महिलापनि बसमा सवार थिइन । उनैले धर्माकुमारीको मृत शरिर सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन ।

बच्चा रोइरहेको हुँदा केसी लगाएत बसमा यात्रारत अरु यात्रुहरुले पालैपालो समाते । त्यही क्रममा ३२ महिनाका किरणलाई फूल्याउने क्रममा मृत्यु भइसकेकी धर्माकुमारीको काखमा राखिदिए । त्यतिबेलै कुनै यात्रुले त्यो तस्बिर मोवाईलमा कैद गरे । जुन आज सामाजिक सञ्जालमा भाइरल छ ।

धर्माकुमारीका श्रीमान दलबहादुर बटला बाँकेको नेपालगञ्जमा बिगत साउन ४ गतेदेखि बस्दै आएका थिए ।

उनी त्यहाँ घर निर्माण सम्बन्धि ठेक्कापट्टाको काम गर्छन । घरमा आमा छोरा मात्रै बस्थे । दलबहादुरका अनुसार धर्माकुमारी मुटुको बिरामी थिइन । उनी प्रेसरकी समेत बिरामी थिइन ।

श्रीमान दलबहादुरसंगको सल्लाह अनुसार उनी उपचार गर्न भनेर नेपालगञ्ज जाने क्रममा उनको बसमै मृत्यु भएको हो ।

शनिबार मात्रै धर्माकुमारीको अन्तेष्टि बाँकेमा गरिएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *