२०८१ असार ७ गते बिहिवार

लुम्बिनीका प्रमुख चौधरी जनता समाजवादी पार्टीमा खुले

बुटवल,भदौ ४ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा खुलेका छन् ।

यसअघि उनी महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा थिए ।

चौधरीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टीले स्थानीय तहको निर्वाचन बहिष्कार गरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

जसपाको प्रथम केन्द्रीय समितिको बैठकमा पनि उनी सहभागी भएका थिए । दुई दिनसम्म चलेको बैठकको दोस्रो दिन उनी सहभागी भएका हुन् ।

चौधरीले आफू यादव नेतृत्वकै पार्टीमा रहेको स्पष्ट पारेका छन् । उनले यसअघि पनि आफू जसपामै रहेकाले सोही पार्टीमा रही राजनीतिलाई निरन्तरता दिने जनाएका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *