घोराही, भदौ ४ । महिला शान्ति र सुरक्षा कार्यक्रममा आवद्ध द्धन्द पीडित महिलाहरुलाई व्यवसाय सञ्चालन गर्न सहज होस भनेर विभिन्न सामाग्रीहरु प्रदान गरिएको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित उक्त कार्यक्रम सञ्चालन भएका स्थानमा सदस्यहरुलाई सिलाई मेसिन, आइरन, गुडीया बनाउने सामाग्री र लोकल कुखुरा प्रदान गरिएको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमीटेडसंगको समन्वयमा महिलालाई व्यवसाय सञ्चालन गर्न सहज होस भनेर सामाग्रीहरु हस्तान्तरण गरिएको संस्थाकी बिजौरी शाखा प्रमुख खगा भण्डारीले जानकारी दिइन ।
कार्यक्रम अन्तरगत व्यवसायिक तालिम लिएका महिलालाई जाल्पा सामुदायिक लघुवित्तको बिजौरी शाखा अनतरगतका सदस्यलाई त्यस्ता सामाग्री प्रदान गरिएको छ ।
महिला शान्ति र सुरक्षा कार्यक्रमका प्रमुख रमेश केसीको अध्यक्षता एवं जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका अनुगमन प्रमुख अनिल अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागीहरुले व्यवसाय सञ्चालन गरेर आर्थिक रुपमा महिलाहरु सक्षम भएमा समाज नै सक्षम हुने बताएका थिए ।
व्यवसाय सञ्चालन गर्नकालागी नेपाल महिला सामुदायिक सेवा केन्द्रले गरेको सहयोगले आफूहरुलाई व्यवसायतर्फ उत्प्रेरित गरेको द्धन्दपिडीत महिलाहरुले बताएका थिए ।