२०८१ असार ८ गते शुक्रवार

कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि भेराेसेल खाेप लगाइँदै

काठमाण्डौ,भदौ ४ । काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छ ।

स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने छन् ।

यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि खोप दिइने छ । तोकेको खोप केन्द्रमा आजदेखि पर्सि आइतवारसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *