तिर्थराज ज्ञवाली, देउखुरी, भदौ ४ । दाङको राप्ती गाउँपालिकामा जेष्ठ नागरिकलाई लक्षित गरि दिवा सेवा सुरु गरिएको छ ।
६० वर्ष माथिका नागरिकलाई एकै ठाउँमा राखेर गफ गाफ, भेटघाट गर्ने, मनोरन्जन गर्ने, दुःख सुख साट्नेगरि बस्ने ब्यवस्था मिलाई सेवा सुरु गर्न थालिएको सहायक गाउँपालिका महिला विकास निरिक्षक कल्पना खनालले जानकारी दिइन ।
यो गाउँपालिकाको महिला वालवालिका, अपाङ तथा जेष्ठ नागरिक शाखाले राप्ती गाउँपालिका क्षेत्रका जेष्ठ नागरिकलाई पाएक पर्ने गरि मसुरीया र सिसहनियामा दिवा सेवा सुरु गर्न थालेको महिला विकास निरिक्षक जिवन जिसीले बताए ।
जेष्ठ नागरिकको उचित स्हार गर्ने छोरा,छोरी बुहारी तथा अन्य सदस्यलाई गाउँपालिकाले नियमित रुपमा सम्मान गर्दै आएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।
स्थानीयले आफ्ना जेष्ठ नागरिकलाई दिवा सेवामा सहभागी गराइ दिन आग्रह समेत गर्न थालेको अध्यक्ष सुबेदीले जानकारी दिए ।
आगामी भदौ ७ गते मसुरीयास्थित रेडक्रम भवन र वडा नं. ५ स्थित वडा कार्यालयको भवन बाट जेष्ठ नागरिक दिवा सेवा सुरु गरिने भएको छ ।