२०८२ कार्तिक २४ गते सोमवार

बाँके प्रहरीले भन्सार छलेर ल्याइएका ४४ खसी पक्राउ गर्यो


दाङ, भदौ ३ । भारतबाट ल्याउँदै गरेका साढे ९ लाख मूल्य बराबरको खसी बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले बुधबार राति ११ बजेतिर खजुरा गाउँपालिका वडा नं. ८ चमकदारपुरबाट ४४ वटा खसी नियन्त्रणमा लिएको छ ।

कोहलपुर नगरपालिका वडा नं. १४ का २० बर्षीय दीपक रानाले चलाएको भे १ क १२४३ नम्बरको मिनी ट्रक चेक जाँचको क्रममा भन्सार छलेर ल्याइएका ४४ वटा खसी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

नियन्त्रणमा पछि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाएका ती खसीको अन्दाजी मूल्य ९ लाख ४० हजार बराबर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *