२०८१ चैत्र ४ गते सोमवार

मोटरसाईकलको हेटलाईट, ट्याङ्की कभर चोर्ने ३ युवा पक्राउ


दाङ, भदौ ३ । रुकुम पश्चिमका तीन युवा बाँकेमा चोरीको मोटरसाईकल र पाटपूर्जासहित पक्राउ परेका छन् ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ११ का १८ बर्षीय अनुप चन्द, सोही ठाउँका २० बर्षीय सुन्दर मल्ल र १८ बर्षीय अम्मर बिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले कोहलपुर नगरपालिका वडा नं. ११ बाट बिहीबार बिहान पौने तीन बजे चेकजाँचका क्रममा उनीहरुलाई चोरीको भे ३ प ६००४ नम्बरको मोटरसाईकलसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एनएस मोटरसाईकलको निलो रंगको हेटलाईट एक थान, पल्सर मोटरसाईकलको निलो रंगको ट्याङ्की कभर एक थान, मोटरसाईकलको पाजपूर्जा खोल्न प्रयोग हुने स्क्रू ड्राइभर एक थान, रेञ्च एक थान, मोटरसाईकल स्टिकर सात थान, नाइट्राभ्याट चक्की १३ थान बरामद भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका ब्यक्तिहरु उपर आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *