घोराही, भदौ ३ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले २९ औँ स्थापना दिवश रक्तदान गरेर मनाएको छ ।
केन्द्रले रक्त सञ्चार केन्द्र घोराहीमा रक्तदान गरेर स्थापना दिवश मनाएको हो । जस्ले २५ वर्षदेखि हरेक वर्ष स्थापना दिवशमा रक्तदान गर्दै आएको छ ।
बिहीबार २२ जनाले रक्तदान गरेका छन् ।
पत्रकार लिलाधर ओली, लक्ष्मी गुप्ता, सारदा पुरी, सुनिता गिरी, प्रज्ञा पुन मगर, झरना चौधरी, पूर्णीमा डाँगी, बालिका जिसी, हिक्मत दरलामी, प्रविण बुढाथोकी, गीता पौडेल, रकमबहादुर भण्डारी, खेमराज बस्नेतले रक्तदान लगाएतले रक्तदान गरेका हुन ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
वक्ताहरुले नेपाल केन्द्रले समाजिक क्षेत्रमा गर्दै आएको योगदानको प्रशंशा गरेका थिए ।
त्यस्तै स्थापना दिवशको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का विपन्न ५ घरपरिवारलाई खाद्यान्य सहयोग प्रदान गरिएको छ ।
मावि झिङ्नीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको संस्थाका सामाजिक विकाश अधिकृत लक्ष्मी गुप्ताले जानकारी दिइन ।
शिक्षीत तथा स्वाभलम्वी महिला समाजको निर्माण गर्ने परिकल्पना, स्थानीय सिप तथा श्रमको उपयोग गरेर सामाजिक तथा आर्थिक सशक्तिकरण गर्ने लक्ष्यका साथ २०५० सालमा स्थापना भएको केन्द्रले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।