२०८१ जेष्ठ ३० गते बुधवार

तुलसीपुरमा सवारी कारबाहीबाट साउन महिनामा मात्रै ९ लाख राजश्व संकलन

तुलसीपुर, भदौ ३ । तुलसीपुरमा सवारी चलाउँदा अटेरी गर्ने ट्राफिक नियम उलंघन गर्नेहरुको संख्यामा कमि आउन सकेको छैन ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका अनुसार चालु आर्थिक बर्ष २०७८÷०७९ को पहिलो महिना अर्थात गत साउनमा मात्र १ हजार ३ सय ५० सवारी साधन चालक कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव निरिक्षक कृष्ण पुजाराले जानकारी दिए ।

सवारी कारबाहीबाट एकै महिनामा ९ लाख १ हजार ५ सय रुपैंया राजश्व संकलन भएको छ ।

कोभिड महामारीमा केही समय समेत सवारी साधन यति धेरै राजस्व संकलन हुनु आँफैमा चानचुने कुरा होइन ।

ट्राफिक नियम उल्घन गर्नेमा सबैभन्दा बढी मोटरसाईकल चालक रहेका छन । साउन महिनामा ४ सय ७९ मोटरसाइकल चालकलाई कारवाही गर्दा ३ लाख ४४ हजार पाँच सय रुपैया राजस्व संकल्न भएको छ । अन्य सवारी साधन समेत गरि एकै महिनामा ९ लाख बढी राजश्व संकलन भएको छ ।

अधिल्लो आर्थिक बर्ष ०७७÷७८ मा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले १५ हजार ४ सय ९ सवारी साधनलाई कारवाही गरी ९६ लाख ४४ हजार राजस्व संकल्न गरेको थियो । जसमध्ये ५ हजार ८ सय १४ मोटसाइकल मात्रै कारवाहीमा परेका थिए ।

त्यसबाट ४० लाख ४ हजार राजस्व संकल्न भएको थियो । त्यस्तै १ हजार ४५९ बस कारवाहीबाट ८० हजार ५ सय, २ हजार तिन सय २८ ट्रक लाई कारवाही गर्दा १३ लाख ९६ हजार ५ सय, १ हजार ५२८ ट्रयाक्टरलाई कारवाही गर्दा ८ लाख ७४ हजार ५ सय, १ हजार ९६२ जिप कारलाई कारवाही गर्दा ११ लाख ५९ हजार राजस्व संकल्न भएको छ ।

बितेको आर्थिक बर्षमा २१ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको तुलसीपुरका ट्राफिक प्रहरी प्रमुख पुजाराले बताए ।

तुलसीपुर क्षेत्रवाट मात्रै बर्षेनि नियम उलंघन गर्ने सवारी साधनहरुलाई कारवाही गर्दा करोडौको राजस्व संकल्न हुने गरेको छ । दाङको एउटा सानो बजार क्षेत्र तुलसीपुरमा मात्रै बितेको एक बर्षको अवधिमा झण्डै १५ हजार बढी जरिबाना पर्नुले त्यही पुष्टि हुन्छ ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *