२०८१ असार ९ गते शनिवार

ज्यान्डिस भएर मृत्यु भएका केसी परिवारलाई जिसीदम्पत्तीद्धारा खाद्यन्न सहयोग

तुलसीपुर,भदौ ३ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा सदस्य रामबहादुर जिसी र उनकी धर्मपत्नी चन्दा जिसीले ज्यान्डिस भएर उपचारको क्रममा मृत्यु भएका परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरेका छन ।

जिसीदम्पतीले बिहिवार पिडित परिवारको घरमै पुगेर चामल,चिनि,तेल,चियापत्ती,नुन,साबुन,मास्क,सेनिटाइजर,धुप लगाएतका खाद्यन्न सामाग्री सहयोग गरेका हुन ।

लामो समयदेखि ज्यान्डिस भएर उपचार गराउदै आएका तुलसीपुर ७ बसन्तपुर टोल निवासी लक्ष्मण केसीको भदौ १ गते राती मृत्यु भएको थियो ।

घरको आर्थिक अवस्था निकै कमजोर भएको र आय आर्जन गर्न सक्ने अवस्था समेत नभएका कारण केसीे परिवारलाई १२ हजार बराबराको खाद्यन्न सामाग्री सहयोग गरिएको वडा सदस्य जिसीले जानकारी दिए । स्व. केसीका श्रीमती र एक छोरी छन ।

साथै वडा सदस्य जिसीले लामो समय देखि गरिब तथा अतिविपन्न परिवारलाई आर्थिक तथा खाद्यन्न सामाग्रीहरु सहयोग गर्दै आएका छन ।

 

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *