२०८१ असार ८ गते शुक्रवार

एक महिनामा ५ सय बढीले लिए कर सेवा सुविधा

दाङ,भदौ ३ । दाङ जिल्ला उद्योग बाणिज्य संघले सुरु गरेको संघबाटै व्यावसायिक कर तिर्ने सक्ने सुविधा एक महिनाको अवधीमा ५ सय बढीले सेवा लिएका छन् ।

चालु आर्थिक वर्षको साउन १ गते देखि हाल सम्म ५ सय वढीले सेवा लिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए ।

संघले कार्यालय बाट अन्तारीक राजश्वको आयकर र अन्त शुल्क इजाजत पत्रको नविकरण र कर चुक्ता प्रमाण पत्र समेतको सेवा संघको कार्यालय बाटै सेवा दिदै आएको अध्यक्ष वुढाथोकीले बताए ।

संघबाट सेवा प्राप्त भएपछि व्यवसायीहरुलाई तुलसीपुरसम्म पुग्नु पर्ने बाध्यता हटेको छ । जसले गर्दा आर्थिक तथा समयको समेत बचत हुने उनको भनाइ रहेको छ ।

सरकारले करमा साना व्यवसायी लाई ९०५ छुट, मझौला व्यवसायीलाई ७५५ छुट र ठूला व्यवसायीलाई ५०५ छुट दिएको छ ।

सम्पुर्ण उधोगी व्यवसायीहरुलाइ संघबाटै सेवा लिन संघले अपिल गरेको छ ।

यसैविच संघले आफना सदस्यलाई सदस्यता नविकरण गर्दा छुट दिएको छ । कोभिड –१९ को कारण व्यवसायमा परेको प्रभावमा सहयोग पुगोस भनेर नविकरणमा छुट दिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

संघले साउन १ गते देखि असोज समान्त सम्म नविकरण गर्ने लाई २० प्रतिशत छुट दिएको उनको भनाइ रहेको छ । कोभिडले समस्या पारेका उद्योगी तथा व्यवसायिहरुलाई यसले थोरै भए पनि सहयोग पुग्ने उनले बताए ।

अझै पनि कोभिडको जोखिम रहेकाले आफ्नो व्यापार ब्यबसाय गर्दा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेका सबै स्वास्थ्य मापदण्ड पूरा गरि व्यापार ब्यबसाय सञ्चालन गर्न गराउन पनि अनुरोध समेत संघले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *