
दाङ, भदौ २ । पश्चिम दाङमा वन क्षेत्र अतिक्रमण गरेको आरोपमा २२ जना बिरुद्ध मुद्दा परेको छ ।
डिभिजन वन कार्यालय दाङले बबई गाउँपालिकाका वडा नं. ५ बबरपुरस्थित कालापानी सामुदायिक वन क्षेत्रको खाली जग्गा अतिक्रमण गरेर खेती पाती गर्ने तथा घर टहरा निर्माण गर्नेहरुलार्य मुद्दा चलाइएको छ ।
लकडाउनको मौका छोपि ती २२ जनाले वन क्षेत्र अतिक्रमण गरि अन्य मानिसलाई बेचबिखन समेत गरेको पाइएको छ ।
आरोपित बिरुद्ध मुद्दा चलाएर कानुनी कारवाहीको प्रक्रिया सुरु गरिएको पुरन्धारा सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सिद्धान्त बरालले बताए ।
अधिकृत बरालले वन अतिक्रमण मुद्दा चलाइएका मध्ये २ जनालाई पक्राउ गरिएको बताए । तर, उनीहरुको नामपनि सर्वाजनिक गरिएको छैन ।
अन्य २० जना भने फरार रहेको र उनीहरको खाजी भइरहेको बरालले जानकारी दिए ।
उनीहरु बिरुद्ध दाङ–देउखुरी जिल्ला अदालतमा वन अतिक्रमण गरेको मुद्दा दर्ता गरी अदालतबाट पक्राउ गर्ने अनुमति अनुसार खोजी कार्य भइरहेको सहायक वन अधिकृत बरालले जानकारी दिए ।
आसपासका बस्तिका मानिसहरु र अनेत्रबाट समेत गएर वन क्षेत्र अतिक्रमण गर्ने, खेती पाति गर्ने र घरटहरा समेत निर्माण गरि अरुलाई बेचबिखन गर्ने कार्य भइरहेको उनले बताए । त्यही गतल कार्य रोक्न आफूहरु लागि परेको बरालले जानकारी दिए ।
वन अतिक्रमण मुद्दामा सामुदायिक वन समूहका पदाधिकारी र सल्लाहकार समेत संलग्न रहेका छन । वन समूहका पदाधिकारीले नै वन क्षेत्र अतिक्रमण गरी घर बनाएको बरालले जानकारी दिए ।
यसैबीच अतिक्रमण भएको मध्ये त्यहाँको करिव ६ बिगाह क्षेत्र खाली गरिएको छ । पुनः अतिक्रमण हुन नदिनका लागि ११ सय मिटर तोस बनाएर वन क्षेत्र छुट्टाउने गरि खाडल खनिएको छ ।
‘वन र आवादी क्षेत्र छुट्याउन तोस खन्नु परेको बरालले जानकारी दिए ।
वन ऐन २०७६ अनुसार वन क्षेत्र अतिक्रमण गर्नेलाई ५ बर्ष कैद वा एक लाख रुपैंया जरिवाना वा दुवै सहजाय हुने ब्यवस्था छ ।
वन अतिक्रमण हटाउनका लागि आफूहरुले पटक÷पटक छलफल गर्ने, उनीहरुलाई हटाउन अनुरोध गर्ने लगायतका काम गरेपनि उनीहरुले अटेरी गरी अतिक्रमण झनै बढाउदै लैजान थालेपछि मुद्दा चलाउन बाध्य भएको बरालले बताए ।
