२०८१ असार १० गते आइतवार

पहिराेका कारण दाङ–प्युठान सडकखण्ड अवरुद्ध

दाङ,भदौ २ । दाङ–प्यूठान सडक बुधवार बिहानैदेखि अवरुद्ध भएको छ ।

पहिरोले मदन भण्डारी सहायक मार्ग दाङको घोराही–मुर्कुटी हुँदै प्युठान जाने सडकखण्डमा पर्ने कुइने मोड नजिकै बाटो माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

पहिरो गएपछि बिहानैदेखि यस सडकमा दर्जनौं गाडीहरु बीच बाटोमै रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् ।

सडकमा खसेको पहिरो हटाउनका लागि कुनै पहल नभएको स्थानीयले बताएका छन् । गएराति आएको अविरल वर्षाका कारण पहिरो खसेको हो ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *