२०८२ कार्तिक २१ गते शुक्रवार

सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा ठूलो संख्या बहुमूल्य रुख काटेर स्वाहा

४८४ क्यिू फिट काठ बरामद

तुलसीपुर, भदौ २ । सामुदायिक वनका पदाधिकारीहरुको मिलेमतोमा ठूलो संख्यामा बहुमुल्य रुखहरु काटेर स्वाहा पारिएको छ ।

राजपुर गाउँपालिका वडा नं. ५ जंग्रहवास्थित मैनिहवा सामुदायिक वन भित्र साल, सतिसाल लगाएत बिभिन्न जातका ४ सय ८४ क्यिू फिट काठका गोलियाहरु काटेर जंगलमा राखेको अवस्थामा फेला परेको हो ।

सव डिभिजन कार्यालय बेलाबाट गएको गस्ति टोलीले साउन २५ गते ती काठ फेला पारेपछि डिभिजन वन कार्यालय दाङमा सूचना दिएको थियो ।

डिभिजन कार्यालय दाङको निर्देशनमा त्यसपछि ती काटहरु बरामद गरिएको डिभिजन वन कार्यालय देउखुरीका सूचना अधिकारी प्रेमिलालप्रशाद साहले फरकोणलाई बताए ।

‘सामुदायिक वन भित्र काटेर घाटगद्दी गरेको अवस्थामा चार सय ८४ क्यिू फिट बिभिन्न जातका काठका गोलियाहरु हामीले बरामद गरेका छौं,’ साहले भने ‘ ती रुखहरु केही दिन पहिले मात्रै काटेको जस्तो छ ।’ घटना बारे अनुसन्धान जारी रहेको उनले बताए ।

ठूलो संख्यामा सामुदायिक वनबाट रुखहरु काटेको खवर पछि बुधबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले, डिभिजन वनका पदाधिकारीहरु घटना स्थल तर्फ लागेका छन् ।

सामुदायिक वनको पदाधिकारीको मिलेमतोविना ती रुखहरु काटिएको सूचना प्रहरीलाई स्थानीयले दिएको एसपी काफ्लेले बताए ।

वन सम्बन्धि मुद्दा डिभिजन वनले नै हेर्ने भएको हुँदा अनुसन्धान पछि दोषी देखिन आए वनले भनेका मानिसहरु पक्राउ गरि प्रहरीले डिभिजन वनलाई आवश्यक कारबाहीका लागि बुझाउने एसपी काफ्लेले बताए ।

तस्बिर – एसपी सुरेश काफ्ले

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *