२०८१ चैत्र ४ गते सोमवार

कोभिडबाट मृत्यु भएका परिवारलाई विमा रकम हस्तान्तरण

तुलसीपुर,भदौ २ । कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको छ ।

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि. शाखा कार्यालय तुलसीपुर दाङले कोभिड– १९ बाट मृत्यु भएका जिवन विमा कर्ताहरुलाई चेक रकम हस्तारन्तरण गरेको हो ।

बुधवार एक कार्यक्रमका बिच कार्यालयका प्रमुख मोतिलाल भट्टराईले विमित कर्ताका परिवार दाङ घोराही निवासी रामबहादुर वलीलाई २ लाख १७ हजार २ सय,राप्ती गाँउपालिका निवासी मानबहादुर कुमाललाई ५० लाख ६० हजार ५सय र खड्काबहादुर वि.कलाई पँचास हजार किया खर्च र मासिक ६ हजारको दरले ३ महिनाको १८ हजार बाल सरक्षण रकम हस्तान्तरण गरेका हुन ।

कार्यक्रमा सन नेपाल लाइफ इस्योरेन्स कम्पनी लि.शाखा कार्यालय तुलसीपुर,दाङका कार्यालय प्रमुख मोतिलाल भट्टराई,लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी तुलसीपुरका बजार प्रतिनिधी चेतकान्त भुसाल (किरण), टुकराम भुसाल लगाएकाले मतब्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण कम्पनीका तुलसीपुर प्रतिनिधी ससि डि.सीले गरेकी थिइन ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *