२०८१ असार ७ गते बिहिवार

तुलसीपुरका २ हजार बढी ब्यापारीले लगाए कोरोना खोप

तुलसीपुर, भदौ १ । तुलसीपुर उद्योग बणिज्य संघले आफ्ना दूई हजार बढी ब्यबसायीले कोरोना बिरुद्धको खोप लगाएको जनाएको छ । बाणिज्य सघंले भदौ अन्तिम र असोज पहिलो सातासम्म खोप लगाई सक्ने योजना बनाएको संघका महासचिव बिनिल केसीले बताए ।

पहिलो चरणमा फ्रन्टलाईनमा रहेका ब्यबसायीहरुलाई आबश्यकताको आधारमा खोप लगाउने कार्यक्रम सकिएको र अबको केही दिनमा दोस्रो चरणको खोप कार्यक्रम सुरु हुने बाणिज्य सघंका महासचिब केसीले जानकारी दिए ।

‘हामी हाम्रा सदस्यहरुलाई जति हुन्छ छिटो खोप लगाएर सुरक्षित पार्न चाहान्छौं,’ महासचिब केसीले भने ‘त्यसका लागि हामीले स्थानीय सरकारदेखि प्रदेश र केन्द्रमा समेत पहल गर्दै आएका छौं ।’

दैनिक उपभोग्य बस्तुका पसल सञ्चालकदेखि, ब्यूटिसियन, नाईसघं, पेट्रोलियम यशोसियसन, डिपार्टमेण्टल स्टोरका कर्मचारी र यातायात ब्यबसायीलाई उधोग बाणिज्य सघंको समन्वयमा खोप उपलब्ध गराउँदै आएको केसीले बताए ।

बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले आफ्ना करिब पाँच हजार ब्यबसायीलाई कोरोनाको खोप लगाउने अभियानमा आफु रहेको बताए ।
‘हामी सबैको समन्वयमा सबै ब्यबसायीलाई कोरोना बिरुद्दको खोप लगाएरै छाड्छांै,’ चालिसेले भने ‘ प्राथमिकताको आधारमा केही दिन ढिलो चाँडो होला, तर सबैको पालो आउँछ ।’त्यसका लागि नाम सकंलन कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष चालिसेले बताए ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *