२०८१ चैत्र ४ गते सोमवार

मुख्यमन्त्री कार्यालय अगाडी यस्तो अवस्थामा पक्राउ परिन् सावित्रि सुवेदी

काठमाडौँ,भदौ १ । आफूलाई महिला अधिकारवादी अभियन्ता बताउने सावित्री सुवेदी फेरी आन्दोलन गर्दा गर्दै पक्राउ परेकी छन् ।

उनलाई मंगलवार प्रहरीले कालो टेपले मुख टालेको अवस्थामा पक्राउ गरेको छ ।

उनी सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडीवाट पक्राउ परेकी हुन् । अनौठो हुलियामा देखिएकी उनलाई प्रहरीले गेटमा एक्लै उभिएको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

उनी निर्मला पन्तको लागि न्याय माग्न भन्दै कार्यालयको गेटमा एक्लै उभिएकी थिइन् ।

सावित्रीले ‘निर्मलालाई न्याय दे’ ‘मेरो शरीर मेरो अधिकार’ लेखिएका दुई प्ले कार्ड हातमा बोकेकी थिइन् । कालो कपडाले श रि रको माथिल्लो भाग छोपेको तस्बिरमा देखिन्छिन् ।’ कालो टेपले मुख टालेकी उनले टाउकोमा पनि कालो पट्टी बाँ धे की थिइन् ।

‘सरकार अहिले कानमा तेल हालेर बसेको छ’ उनले अलिकति मुख उघारेर भनिन्, ‘जबसम्म निर्मलाले न्याय पाउँदिनन् तबसम्म हाम्रो आन्दोलन जारी रहने छ ।’

सरकारले बलात्कारीलाई फाँ सी दि ने कानून बनाउनु पर्ने भन्दै उनले नत्र महिलाहरू चुप नबस्ने चेतावनी दिइन् । सावित्री तीनै युवती हुन् जसले केही वर्षअघि माइतीघरमा पेटिकोट लगाएर प्रदर्शन गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *