२०८२ कार्तिक २१ गते शुक्रवार

प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

काठमाण्डौ,भदौ १ । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई मंगलबार प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

महोत्तरीका मिश्र नेपाली कांग्रेसका पुराना नेता हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरी मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गर्दै महोत्तरीका मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *