२०८१ चैत्र १४ गते बिहिवार

पूजाको लागि बोका मोटरसाइकलमा राखेर दाङ आउँदै थिए, ट्रकले ठक्कर दियो, दुबैको मृत्यु भयो

दाङ, साउन ३२ । पूजा गर्न भनेर बीचमा एउटा बोका बोकेर बर्दियाबाट दाङ तर्फ आउँदै गरेका दूई युवाको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ८ का २२ बर्षीय चेतन बोहरा र सोही ठाउँका २३ बर्षीय प्रबिण चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता तथा डिएसपी मधुसुदन न्यौंपानेका अनुसार उक्त दूर्घटनामा परि उनीहरुले मोटरसाईकलको बीचमा राखेर ल्याएको एउटा बोकापनि मरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ गाभर भन्ने स्थानमा सोमबार बिहान साढे ७ बजेतिर पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले पूर्व तर्फ आउँदै गरेको लु ६८ प १८२२ नम्बरको मोटरसाईकलाई ठक्कर दिएको थियो ।

दूर्घटनामा परि गम्भीर घाइते मध्य मोटरसाइकलको पछाडि सवार चौधरीको अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक बोहराको साढे ९ बजेपछि उपचारका क्रममा मृत्यु भएको डिएसपी न्यौंपानेले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार पूजाका लागि भनेर बोका मोटरसाइकलको बीचमा राखेर उनीहरु बर्दियाबाट दाङ तर्फ आउँदै गर्दा उनीहरु सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । प्रहरीका अनुसार ट्रक र चालकलाई नियन्त्रणमा लिइएकोे छ ।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *