रुकुम,साउन ३२ । पूर्वी रुकुमका स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य सम्वन्धी तालिम बुटवलमा शुरु भएको छ ।
युनाइटेड मिसन टु नेपाल रुकुम कलस्टर पूर्व र नेपाल जनजागरण मञ्च रुकुमको साझेदारीमा सन्चालित ‘सामुदायिक रुपान्तरण परियोजना’ अन्तर्गत स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेशको आयोजनामा आइतवारदेखि तालिम संचालन भएको हो ।
तालिममा १४ जना स्वास्थ्यकर्मीहरु सहभागी छन् ।
भदौ ४ गतेसम्म चल्ने तालिमले स्वास्थ्यकर्मी र चिकित्सकलाई आफ्नो कार्यक्षेत्रमै मानसिक समस्या पत्ता लगाउन, उपचार गर्न र जटिल खालका समस्यालाई रिफर गर्न सक्षम बनाउने लक्ष्य छ ।
तालिम संचालनको पहिलो दिन स्वस्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशका निर्देशक महेश्वर श्रेष्ठको विशेष उपस्थिती थियो ।
सहजीकरण नशा मनोरोग विशेषज्ञ डा। सुरज तिवारी र डा. मौसमी थापाले गरेका छन् ।
प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार