
कपिल लामिछाने, तुलसीपुर, साउन ३० । तुलसीपुरका एक व्यक्तिले ७० वर्षपछि नागरिकता प्राप्त गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का ठोकु चौधरीले ७० बर्ष पछि नेपाली नागरिकता प्राप्त गरेका हुन।
भाई धनिया चौधरी र उहाको समुदायले ठोकु घुघुरामका नै छोरा भएको र हालसम्म नागरिकता नबनाएको पुष्टि गरेपछि हेमन्तापुर प्रहरी चौकीको प्रहरी सर्जिमिन मुचुल्का तयार गरि चौधरीका भाईलाई साँक्षी राखी नागरिकताको सिफारिस पठाएको वडा सदस्य धन बहादुर बस्नेतले जानकारी दिए ।
चौधरीका बाबुआमा घुघुराम चौधरी र डुरी चौधरीको मृत्यु भएपछि वडाले उनको नागरिकता बनाउनका लागी काम अघि बढाईएको थियो ।
नागरिकता प्राप्त गरेपछि चौधरीले वडा अध्यक्षलाई भेटि आफुले नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिइ ।
वडा अध्यक्ष माधव वलीले चौधरीे जस्तै अन्य वडाबासीहरुको मुहारमा खुसी ल्याउन आफुले काम गरिरहेको बताए ।
