२०८२ कार्तिक २९ गते शनिवार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं,साउन ३० । नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ।

शनिबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

केन्द्रीय कार्यसमितिको बिहीबारदेखि जारी रहेको छ। पौडेलका अनुसार बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ।

महाधिवेशनका लागि निर्वाचन निर्देशिका आवश्यक रहेकोले त्यसबारे पनि केन्द्रीय समितिमा छलफल भइरहेको छ।

सत्तासीन कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद देखिएको छ। सभापति देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन्।

शुक्रबारको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक महिनासम्म मन्त्रिमण्डल विस्तार नहुँदा कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रश्न उठेको छ। केन्द्रीय सदस्यहरुले महिनादिनसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा प्रधानमन्त्री एवम् सभापति देउवाको ध्यानाकर्षण गराएका हुन्।

बैठकमा बोल्दै केन्द्रीय सदस्य डा। शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सरकारका कामकारबाहीमा प्रभाव परेकोतिर ध्यानाकर्षण गराए। कोइरालाले मन्त्रिपरिषद् विस्तारमा गरेको ढिलाइबारे बोल्दै, ‘तपाईं प्रधानमन्त्री भएको एक महिना भयो। १५ मन्त्रालय नेतृत्वविहीन छ। यस्तो अवस्थाले कसरी सरकार सञ्चालन गर्नहुन्छ रु’

कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार दिउँसो राजीनामा घोषणा गरेका हुन् ।

पाँचौं पटक निर्धारित मिति भदौ १६–१९ मा पनि कांग्रेसले महाधिवेशन गर्न नसक्ने अवस्था देखिएको छ।

सभापति देउवाले भदौमा निर्धारित महाधिवेशन सारेर मंसिरको नयाँ मिति बिहीबारको बैठकमा प्रस्ताव गरेका थिए। भदौमै महाधिवेशन नगर्दा पार्टीको वैधानिकतामाथि प्रश्नचिह्न खडा हुने कानुनविद्हरुले बताउँदै आएका छन्।
संविधानअनुसार साढे पाँच वर्षमा प्रदेश र केन्द्रीय कार्यसमितिको चुनाव गरेर त्यसको विवरण अद्यावधिक गर्नुपर्ने हुन्छ। आगामी २३ भदौमा कांग्रेसको १३ औं महाधिवेशन भएको साढे पाँच वर्ष पूरा हुन्छ। २३ भदौपछि कांग्रेसको वैधानिकता के हुने भन्ने प्रश्न पनि अर्कोतिर छँदैछ।

केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकले सभापतिमा उम्मेदवारी दर्ता गर्न ३० हजार रुपैयाँदेखि वडा सदस्यको १ सय रुपैयाँ शुल्क प्रस्ताव गरेको छ। बैठकमा कांग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन निर्देशिका प्रतिवेदनम उम्मेदवारी दिनका निम्न शुल्क प्रस्ताव गरिएको छ।

मनोनयनदर्ता शुल्क, सभापति ३० हजार, उपसभापति तथा महाममन्त्री २५ हजार, सहमहामन्त्री २० हजार, केन्द्रीय सदस्य १० हजार, प्रदेश महाधिवेशन प्रतिनिधि ३ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधि ५ हजार, केन्द्रीय सदस्य ७ हजार, वडा सदस्य १ सय शुल्क प्रस्ताव गरिएको हो।

कांग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ। सो कार्यतालिकाअनुसार गाउँ(नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ(नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो।

 

 

 

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *