२०८२ कार्तिक २२ गते शनिवार

पाल्पामा स्याललाई गोली हान्न खोज्दा आफ्नै छोरालाई लागेर मृत्यु

पाल्पा,साउन ३० । पाल्पाको रिब्दीकोटमा एक व्यक्तीले जंगली स्याललाई गोली हान्ने क्रममा आफ्नै छोरालाई लागेको छ।

रिब्दीकोट गाउँपालिका ६ तल्लो ताल बस्ने ३५ वर्षिय धनबहादुर लम्तरीको आफ्नै बाबुले हानेको गोली लागेर मृत्यु भएको हो।

शुक्रबार साँझ ६ बजेतिर आफ्नो घरदेखी सय मिटर नजिकै मकै बारीमा बाबु कर्णबहादुर लम्तरीले जंगली स्याललाई गोली हान्दा धनबहादुरको टाउकोमा गोली लागेको हो।

गोली लागेर उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट गएको टोलीले धनबहादुरलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *