२०८२ कार्तिक २१ गते शुक्रवार

चालक निदाउँदा एम्बुलेन्स दूर्घटना, एकको घटनास्थलमै मृत्यु – अर्काले हाम फालेर ज्यान जोगाए

तस्बिर – बुद्धिमान ओली ।

दाङ, साउन ३० । रोल्पा एम्बुलेन्स दूर्घटनामा परि चालकको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । रोल्पाको माडी गाउँपालिका वडा नं. २ खोलाबाङ भन्ने स्थानमा शनिबार बिहान ४ बजेतिर रा १ च ७०५ नम्बरको एम्बुलेन्स दूर्घटना हुँदा माडी ६ का ३७ बर्षीय चालक ओमप्रकाश घर्तीको घटनास्थलमै मृत्यु भएको छ ।

रोल्पा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुेबदीका अनुसार माडी ६ कै ३८ बर्षीय प्रितिप्रशाद पुन घाइते भएका छन् ।

उनले हाम फालेर ज्यान जोगाउन सफल भएको डिएसपी सुबेदीले बताए । माडी २ की एक महिला लडेर अचेत अवस्थामा रहेको हुँदा सुनिल स्मृति अस्पतालको एम्बुलेन्सबाट उनलाई भैरहवा उपचारका लागि लगिएको थियो । तर, ती महिलाको उपचारको क्रममा भैरहवामा मृत्यु भएपछि सोही एम्बुलेन्सले शब बोकेर घरमा पु¥याएको थियो ।

फर्किने क्रममा माडी २ खोलाबाङमा एम्बुलेन्स दूर्घटनामा परेको थियो । एम्बुलेन्स झन्डै ६ सय मिटर तल खस्न पुगेको डिएसपी सुबेदीले फरककोणलाई बताए ।

डिएसपी सुबेदीले भने– ‘ घाइते पुनका अनुसार चालक निदाएका कारण दूर्घटना भएको भन्ने छ।’लगातार लामो समय एम्बुलेन्स चलाउँदा चालक घर्ती गाडीमै निदाएको र दूर्घटना भएको घाइते पुनले प्रहरीलाई बताएका छतन् ।

‘ एम्बुलेन्स खसेपछि मैले बीचमै हाम फालेको हुँ,’ घाइते पुनको भनाई उद्धतगर्दै डिएसपी सुबेदीले भने । घाइतेको रोल्पामै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *